देख्दादेख्दै यो युगले बाँचिरहेको अँध्यारो
सुन्दासुन्दै देशले हिँडिरहेको ओरालोको व्यथा
म बसिरहें आफ्नै गुप्तकोठामा
बुनिरहेँ युगिन सपनाको स्वेटर
उधारेर गलत बाटाहरु,सिउँरिएर नयाँ गाथाहरु
सोचेँ आज भन्दा भोलि राम्रो हुन्छ
भोलिभन्दा उज्ज्वल पर्सि.!
भोग्दाभोग्दै गरिबिको नाङ्गो हबिगत
तात्दातात्दै मन भित्रको रगत
म बसिरहेँ आफ्नै चिसो ओतमुनी
चिसो ओदानमा एक निमेष उज्यालो सल्काएर
मुखलाई भोकका चिसा भातका डल्ला कोचाइदिएर
सोचेँ, केही नहुनेको कोहि हुन्छ
कोहि नहुनेको केही हुन्छ !
अप्ठ्यारा बिस्तारामा देखेको सपना पनि अप्ठ्यारै हुन्छ।
यो खण्डहरमा बाँचिरहेको भोलिको भोको पुजारीलाई
कहिले बाढी आएर बगाइदिन्छ
कहिले पहिरो आएर पुरिदिन्छ
र कहिले खाँवो थर्थराएर ब्युँझाइदिन्छ!
र यसै त्रासमा कति अनिदा रातहरु बिहान भए,
कति घरबिहिन भए,कतिका ज्यान गए
रगत उम्लिए,परिवर्तनका उल्काहरु खस्न थाले
नयाँ घरहरु बन्ने भए,नयाँ गोरेटा बन्ने भए
मान्छेहरु उज्यालिए।
लाग्यो सबैकुरा नयाँ हुने भए
लाग्यो अब फेरिन्छ केही कुरा,
अब देखिन्छ केही नयाँ कुरा!
आकाशमा परिवर्तनका चङ्गाहरु उड्छन्
मेरो देश माथिको कालो बादलले मोति बर्षाउँछ
अनि लुरुक्क परेर भाग्छ ।
एउटा लड्दा अर्कोले उठाउँछ,
नखाएकाले खान्छ-नपाएकाले पाउँछ,
समयले यो देशको अनुहारमा छ्याओइदिएको हिलो पखालिएर जान्छ।
सोचेँ,मेरो देशको धमिलो अनुहार सङ्लियो
मान्छेका ऎना बद्लिए
अब रुनु पर्दैन-गुहार्नु पर्दैन
हामी फेरि एक भयौँ
गन्तब्य एउटै भयो,सोँछ एउटै भयो।
अब हिमालका खोँचहरुबाट हर्षका बाफहरु उड्छन्
पहाडका पाखुराहरुमा मायाका धुनहरु गुन्जिन्छन्
तराइका पाटाहरुमा प्रगतिका बालीहरु झुल्छन्।
यो त युगले चिताएको समय हो
त्यो एकदिन आजै हो जुन एकदिन-एकदिन भन्दाभन्दै
हाम्रा बाउबाजे यहि माटोमा माटो भएर बिलाए।
तर फेरि रात पर्यो
सपना फेरिए
नयाँ बिहान ब्युँझियो!
अप्ठ्यारा बिस्तारामा देखेको सपना त अप्ठ्यारै हुँदो रहेछ
एकदम अटेरी,एकदम दुर्लभ।
--मौसम भुसाल

Comments
Post a Comment