Skip to main content

Posts

Showing posts from October, 2015
gajals by Mausam BHusal: दु : ख सवै फड्किएर बांच्न सक्ने भए कस्तो हुन्थ्यो तड्पिएर बांच्न सक्ने भए ! समयलाई हराउथ्यो सायद मेरो घडी घुम्ती सँगइ अड्किएर बांच्न सक्ने भए ! ढुङामा नि जिवन पाउथ्यौ होला तिमी खोला खोला भड्किएर बांच्न सक्ने भए ! हेर मुटु फुटाउन सक्थें होला म पनि तिमी जस्तै कड्किएर बांच्न सक्ने भए !! 3. ` क ` जानेर पनि हारे पछी धामी बोलाएं ! दुनियाले बिस्वास सारेपछी धामी बोलाएं ! फुल टिपी घर सजाउन खोज्दै गर्दा मैले बगैंचाका भमरा मारेपछी धामी बोलाएं ! अतितका ति स्वर्गिय घाउका माम्री उक्काएछु छाया बनी आखा तारेपछी धामी बोलाएं ! मेरो साहस ढलाउन जाल बुन्दै छ रे सुन्छु हाबिभै यतै जालो नारेपछी धामी बोलाएं ! 4. मन्दिरमा चडाइने फुलको धर्म हुँदैन गङा बगाउने त्यो मुलको धर्म हुँदैन ! समानताका कुरा चलेपनी हिजोआज मान्छे भिडाउने यो कुलको धर्म हुँदैन ! हिजो पन्धेरिमा पिटिएछन् , आज सभामा मन्दिर जान छेक्ने झुलको धर्म हुँदैन ! बोली दाइ लाग्ने ...