Skip to main content

Posts

Showing posts from November, 2015
कविता              म वीरमान! ©मौसम भुसाल म वीरमान जुन नामको पछाडि अंकुशझैँ अड्किएको छ अर्को नाम जसले गर्दा म नागबेलि झैँ बेरिएको छु जताततै बाट घेरिएको छु, युगले कोल्टो फेर्दा पनि न'उदाएको घाम जुन घामको पर्खाइमा निरंकुश रात संगै झुन्डिरह्यो मेरो नामको पछाडिको अर्को नाम! यस्तो लाग्छ नीति मेरा लागि लेखिदैन रिति मेरा लागि बनाइँदैन हे कानुन! सक्छस् त तँ डिल र पिँढी जोड्न? सक्छस् भने ठुन्काइदे सदियौँ देखि म जस्ता अचाना माथी रगडिँदा रगडिँदा नबोदिएको खुकुरि म त दिउसै अँधेरो पाउँछु म त छुट्टै पँधेरो धाउँछु मुल बाटो अपरिचित छ दुई छाक आटोको सट्टा निल्नै नसकिने फाटोले बुझो लाइदिन्छ र, फटाइदिन्छ सारा सपना ! मन्दिर बाहिरै मेरा पाइला अड्किन्छन् पँधेरी नपुग्दै गाग्री भरिन्छ किनकी, एक हुल मानिसका पाषाण आँखामा लेखिएको हुन्छ प्रवेष निषेध! हे शोसक, नजाउँला म तिम्रो  मन्दिर तर, मैले कुँदेको भगवान तिमिले पुज्नु हुँदैन नहिँडुला म तिमि हिँडेको बाटो तर,मैले ओसारेको ढुंगा टेक्नुहुँदैन नटेकुँला म तिम्रो पधेँरी तर, मैले खने...