gajals by Mausam BHusal:
बद्लिन चाहन्छु, अर्कै भेस बनाउन मन छ
बद्लेर के गरौ ? फेरी देश बनाउन मन छ !
आज त म भोकै मरूला, प्यासै मरुला तर
मेरा सन्तानलाई इनार खनउन मन छ ।
भो अब यस्तै हुनेछु,यही हात जनाउन मन छ
बद्लेर के गरौ ? फेरी देश बनाउन मन छ । ।
भुकम्पले हजारौको ज्यान मारेरै गयो
जान त गयो तर बानी पारेरै गयो
दु:ख सवै फड्किएर बांच्न सक्ने भए
कस्तो हुन्थ्यो तड्पिएर बांच्न सक्ने भए!
कस्तो हुन्थ्यो तड्पिएर बांच्न सक्ने भए!
समयलाई हराउथ्यो सायद मेरो घडी
घुम्ती सँगइ अड्किएर बांच्न सक्ने भए!
घुम्ती सँगइ अड्किएर बांच्न सक्ने भए!
ढुङामा नि जिवन पाउथ्यौ होला तिमी
खोला खोला भड्किएर बांच्न सक्ने भए!
खोला खोला भड्किएर बांच्न सक्ने भए!
हेर मुटु फुटाउन सक्थें होला म पनि
तिमी जस्तै कड्किएर बांच्न सक्ने भए !!
तिमी जस्तै कड्किएर बांच्न सक्ने भए !!
3.
`क` जानेर पनि हारे पछी धामी बोलाएं!
दुनियाले बिस्वास सारेपछी धामी बोलाएं!
दुनियाले बिस्वास सारेपछी धामी बोलाएं!
फुल टिपी घर सजाउन खोज्दै गर्दा मैले
बगैंचाका भमरा मारेपछी धामी बोलाएं!
बगैंचाका भमरा मारेपछी धामी बोलाएं!
अतितका ति स्वर्गिय घाउका माम्री उक्काएछु
छाया बनी आखा तारेपछी धामी बोलाएं!
छाया बनी आखा तारेपछी धामी बोलाएं!
मेरो साहस ढलाउन जाल बुन्दै छ रे सुन्छु
हाबिभै यतै जालो नारेपछी धामी बोलाएं!
हाबिभै यतै जालो नारेपछी धामी बोलाएं!
4.
मन्दिरमा चडाइने फुलको धर्म हुँदैन
गङा बगाउने त्यो मुलको धर्म हुँदैन!
गङा बगाउने त्यो मुलको धर्म हुँदैन!
समानताका कुरा चलेपनी हिजोआज
मान्छे भिडाउने यो कुलको धर्म हुँदैन!
मान्छे भिडाउने यो कुलको धर्म हुँदैन!
हिजो पन्धेरिमा पिटिएछन्,आज सभामा
मन्दिर जान छेक्ने झुलको धर्म हुँदैन!
मन्दिर जान छेक्ने झुलको धर्म हुँदैन!
बोली दाइ लाग्ने भए गोरु किन चाहियो
खोक्रे भासन छाट्ने हुलको धर्म हुँदैन!!
खोक्रे भासन छाट्ने हुलको धर्म हुँदैन!!
5.
अरे यार फेरी उस्कै नाउले पोल्छ
यस्तो लाग्छ आफ्नै ठाउले पोल्छ!
यस्तो लाग्छ आफ्नै ठाउले पोल्छ!
इतिहास भन्दा बर्तमान डर्लाग्दो
आगन-सिमाको जोडघटाउले पोल्छ!
आगन-सिमाको जोडघटाउले पोल्छ!
कस्ले भन्छ चिप्लिन भिरमा पुग्नुपर्छ
पासो थाप्ने यही आफ्नै गाउले पोल्छ!
पासो थाप्ने यही आफ्नै गाउले पोल्छ!
जुवा होस या जिन्दगी, जित्नकै चटारो
भोगेकालाई थाहा होला दाउले पोल्छ!!
भोगेकालाई थाहा होला दाउले पोल्छ!!
6.
चपाएर
आश तिमीले रहरै
रहर पठायौ
मलाई कुलो दिइ आफुतिर नहर पठायौ!
मलाई कुलो दिइ आफुतिर नहर पठायौ!
कुकुर समेत
साथी थिए उहि
मेरो गाउमा
मान्छेले मान्छेलाई नगन्नी शहर पठायौ!
मान्छेले मान्छेलाई नगन्नी शहर पठायौ!
कुन
जुनिको सजाए दिदै
छौ मलाई भन
कालो मुहार लुकाएर सेतो ज`हर पठायौ!
कालो मुहार लुकाएर सेतो ज`हर पठायौ!
सपनिमा
तिमी आउने मुलबाटो कुरिरहन्छु
हिडे पोल्ने अतितका ति डहर पठायौ !
हिडे पोल्ने अतितका ति डहर पठायौ !
तिम्रो
चिठी हुलाकिले धेरै
भयो नल्याएको
एक्कासी आज तिम्रो बिहेको खबर पठायौ!
एक्कासी आज तिम्रो बिहेको खबर पठायौ!
7.
तिमी गलत भए, अर्कैलाई सही मान्न देउ
पहिलेको तिमी जस्तै अर्की एक छान्न देउ!
पहिलेको तिमी जस्तै अर्की एक छान्न देउ!
हिजो आजले सतायो, आज चाही हिजोले
जिन्दगीको गाडालाई चाहेतिर तान्न देउ!
जिन्दगीको गाडालाई चाहेतिर तान्न देउ!
तिम्रै अधिनमा रहेछु र त बेहाल भयो आज
बिन्ती छ मेरो ज्यान मेरो मात्र ठान्न देउ !
बिन्ती छ मेरो ज्यान मेरो मात्र ठान्न देउ !
तिमी बग्दा म ओरालि, तिमी उड्दा म उकाली
भो अब कुनै सम्म तिर जिन्दगी बान्न देउ !!
भो अब कुनै सम्म तिर जिन्दगी बान्न देउ !!
8.
वारी पठाए, पारी पठाए
सबै आश निखारी पठाए!
सबै आश निखारी पठाए!
साथ माथी घात थुप्रियो
शितल बिना छहारी पठाए!
शितल बिना छहारी पठाए!
जादा सपना घाइते थियो
फर्किदा झन मारी पठाए!
फर्किदा झन मारी पठाए!
हामी दुबै खुशी थियौ
बिचमा कल्ले शिकारी पठाए
बिचमा कल्ले शिकारी पठाए
निराश भई देउता पुकारें,
उनैले नि झारा टारी पठाए!!
उनैले नि झारा टारी पठाए!!
9.
आखै हुनेको पनि ठोकिन्छ जिन्दगी
खै थाहा नै नपाइ रोकिन्छ जिन्दगी !
खै थाहा नै नपाइ रोकिन्छ जिन्दगी !
हिजो थियो अस्तब्यस्त भोलिको के ठहर ?
जे होस सकिनसकी बोकिन्छ जिन्दगी
जे होस सकिनसकी बोकिन्छ जिन्दगी
हातका रेखा हातैमा, पुर्पुरोमा ब्यथा
उस्ले लेखाइदिन्छ हामी घोकिन्छ जिन्दगी
उस्ले लेखाइदिन्छ हामी घोकिन्छ जिन्दगी
आज यो कुना भोली त्यो कुना,
जहाँ गएनी एकै लहरले मेटिन्छ जिन्दगी । ।
जहाँ गएनी एकै लहरले मेटिन्छ जिन्दगी । ।
10.
नपिउनेलाई सोधी हेर पिउनुको मजा के था ?
नजिउनेलाई सोधी हेर जिउनुको सजा के था ?
नजिउनेलाई सोधी हेर जिउनुको सजा के था ?
रास्टृयता त सिमावारी बस्ने गणेशलाई सोध न
तिमी खोक्रे नेपाली लाई दश गजा के था ?
तिमी खोक्रे नेपाली लाई दश गजा के था ?
लोग्नेका निम्ती भोकै बस्ने नारिलाई आस्था सोध
तिमी खोक्रे बैज्ञानिकलाई मन्दिरको धजा के था ?
तिमी खोक्रे बैज्ञानिकलाई मन्दिरको धजा के था ?
खाडिमा आत्तिएर आमा सम्झी पछुताउछ युवा
गाउँमै हल्लिएकालाई आमाको रुवाइको नजा के था ?
गाउँमै हल्लिएकालाई आमाको रुवाइको नजा के था ?
हेर! तिमी फाइदाको प्रेम बिज्नेस चलाउदी रहेछौ
तिमीलाई, दिलको सुन्ने मायाको लज्जा के था ?
तिमीलाई, दिलको सुन्ने मायाको लज्जा के था ?
10.
पाठा १ : मेरो सुखी परिवार्
-मौसम भुसाल
साउनको झरि ;
सुन्सान रातको छाडा झरि
कसैलाई निन्द्रा लाग्ने झरि
कसैको निन्द्रा खोस्ने झरि ।
-मौसम भुसाल
साउनको झरि ;
सुन्सान रातको छाडा झरि
कसैलाई निन्द्रा लाग्ने झरि
कसैको निन्द्रा खोस्ने झरि ।
चुहिएको छानो
छानो मुनी गरीबको मानो
पाक्ने सानो चुल्हो
चुल्होमा बलबल बलेको चिसो ठुटो
चुल्है नेर छानोको पानीले टम्म
सानो दिउरी
तर,
भात ढुकिरहेको खाली पेट्
पुन्पुरोमा हात लगाएर खिन्न मनले
ठुटो ठोसिरहेकी एउटी आमा!
छानो मुनी गरीबको मानो
पाक्ने सानो चुल्हो
चुल्होमा बलबल बलेको चिसो ठुटो
चुल्है नेर छानोको पानीले टम्म
सानो दिउरी
तर,
भात ढुकिरहेको खाली पेट्
पुन्पुरोमा हात लगाएर खिन्न मनले
ठुटो ठोसिरहेकी एउटी आमा!
हुरिले ढोका हल्लाउदा पनि पुर्लुक्क हेर्छिन्
घरि बाहिर घरि छोरो तिर
अनी बर्बाराउछिन्
"तेरो बाउले मर्न नि दिन्न , बाच्न नि खै ?
आज नि तेइ का धोक्दै त होलान्
पैलेको झरे पारी खेत लयो
यो झरि ले यिनैलाई लगेनी हाइसुक्कै हुन्थ्यो"
पिल्पिलिदै
भुन्टे बिचारा घरि भोको पेट मसार्छ
घरि हसियाले काटेको घाउ मसार्छ
त्यो घाउ भन्दा गहिरो घाउ त
दिनदिनै मसार्दो हो
त्यो भोक भन्दा नि ठुलो भोक्
दिनदिनै खेप्दो हो
मायाको भोक्!
यही भोकले बल्झाएको घाउ!
घरि बाहिर घरि छोरो तिर
अनी बर्बाराउछिन्
"तेरो बाउले मर्न नि दिन्न , बाच्न नि खै ?
आज नि तेइ का धोक्दै त होलान्
पैलेको झरे पारी खेत लयो
यो झरि ले यिनैलाई लगेनी हाइसुक्कै हुन्थ्यो"
पिल्पिलिदै
भुन्टे बिचारा घरि भोको पेट मसार्छ
घरि हसियाले काटेको घाउ मसार्छ
त्यो घाउ भन्दा गहिरो घाउ त
दिनदिनै मसार्दो हो
त्यो भोक भन्दा नि ठुलो भोक्
दिनदिनै खेप्दो हो
मायाको भोक्!
यही भोकले बल्झाएको घाउ!
धिप्धिप गर्दै मधुरो बलिरहेको
टुकी नजिकै जान्छ र
अघिल्लो बर्ष कै नया किताब खोल्छ
अनी बडो सकसले पढ्छ
"पाठ१- मेरो सुखी परिवार "
टुकी नजिकै जान्छ र
अघिल्लो बर्ष कै नया किताब खोल्छ
अनी बडो सकसले पढ्छ
"पाठ१- मेरो सुखी परिवार "
11.
बद्लिन चाहन्छु, अर्कै भेस बनाउन मन छ
बद्लेर के गरौ ? फेरी देश बनाउन मन छ !
आज त म भोकै मरूला, प्यासै मरुला तर
मेरा सन्तानलाई इनार खनउन मन छ ।
भो अब यस्तै हुनेछु,यही हात जनाउन मन छ
बद्लेर के गरौ ? फेरी देश बनाउन मन छ । ।
12.
कस्तो हुन्थ्यो शब्द शब्द तिम्रा मेरा बात बनिदिए
मिठा मिठा बात हुन्थे सधै भरि रात बनिदिए
मिठा मिठा बात हुन्थे सधै भरि रात बनिदिए
तिम्रा दुइ मेरा दुइ आखा मिलाई चार हुन्थे
कहिल्यै पनि नछुट्टिने तिम्रो साथ बनिदिए
कहिल्यै पनि नछुट्टिने तिम्रो साथ बनिदिए
साच्चै हेर रातको मजा बेग्लै हुन्थ्यो होला
मनको बोल्न नजान्नेलाई छुट्टै मात बनिदिए
मनको बोल्न नजान्नेलाई छुट्टै मात बनिदिए
समाजको के कुरा गर्छेउ सन्सार छली लैजाने थे
हाम्रो माया सम्मान गर्ने जमात बनिदिए
हाम्रो माया सम्मान गर्ने जमात बनिदिए
13.
आश गर्थे खडेरी मा पानी पार्ने वाली
आज पाए औशिमा नि तारा झार्ने वालि
आज पाए औशिमा नि तारा झार्ने वालि
थाहा पाए दिल चोर्न सिपालु छिन उनि
मुटुको त्यो उनको साद यतै सार्ने वाली
मुटुको त्यो उनको साद यतै सार्ने वाली
सम्झना छ गुड नाइट भन्दै बिताएका रातहरु
जान्छु भन्दै सधै जसो च्याट्मा टार्ने वालि
जान्छु भन्दै सधै जसो च्याट्मा टार्ने वालि
घरिघरि रित्तो हुन्छु शब्द कुनै पाउदिन्
आफै गफ सुरु गर्छिन शब्द उधार्ने वाली
आफै गफ सुरु गर्छिन शब्द उधार्ने वाली
14.
हिजोआज नि उनैका कुरा
औंशीमै गर्छन् जुनैका कुरा
धुङ्रो बनाउ चाहे तिमि यस्को
बासुरी गर्छ धुनैका कुरा
फलामकै काम किन नदेउ
सुनार गर्छ सुनैका कुरा
जितेका बेला बल र शक्ति
हारेका बेला टूनैका कुरा
15.
तिमी कुछ खास छौ तिम्रै यादमा रुन्छु आमा
बैशाखी म आउछु आत्तिछौ रे सुन्छु आमा।
भुल्दिन म तातेताते आगनमा हिडाएको
त्यही पाइलाले अनेक सपना बुन्छु आमा।
सानो छ्दा तुकी छुदा गाली गर्थ्यौ तिमीले
अौछौ कि भनी अचेल जानिजानी छुन्छु आमा।
माया मानी पोको पार्द्या मकै मिठो मान्छु मैले
असारमा मकै खान गाउँमै हुन्छु आमा।
16.
भुकम्पले हजारौको ज्यान मारेरै गयो
जान त गयो तर बानी पारेरै गयो
धरहरा, बसन्तपुर दरबार ईतिहास भएछ्न
नेपालको मान र शिर झारेरै गयो।
नेपालको मान र शिर झारेरै गयो।
खाने सुत्ने तुङ्गो छैन आकास भो छाह्नो
बाल बच्चा ब्रिद्दलाई मारमा पारेरै गयो।
बाल बच्चा ब्रिद्दलाई मारमा पारेरै गयो।
बास छैन गास छैन मानिसको बेहाल देखे
सबैको मुखमा हासो बारेरै गयो।
सबैको मुखमा हासो बारेरै गयो।
17.
Comments
Post a Comment