कविता
नेपाल आमा
नरुनु आमा, नरुनु दिदी सिउँदो पुछिए
अतित बल्झी आउँछ आँसु माटोमा मुछिए
धरती सेतो देखिन्छ जब ,मनमा रेटिन्छन्
सिँदूर पोते लगाउ साडी पिडा त मेटिन्छन्
मुटु त दह्रो पार ए दाजै ! मासु नै लुछिए
अतित बल्झी आउछ आँसु माटोमा मुछिए
हिमाल बाट बज्नेछ ताली तराइमा बज्दा धुन
नबल्दा चुल्हो, मेरोमा खाऊ नेपाली हाम्रो खुन
उचाल पूर्व पश्चिम म छु, नेपालै कुँजिए
नेपाली भन्ने रहने छैन, म तिमी चुँडिए
छिमेकी ढाडे छिर्नेछन् तब नेपाली कुँडेमा
देशको माया, सद्भाव हाम्रो एकता चुँडेमा
बोकेर सानो घरकै गाग्री पँधेरी धाउनेछ
लेकको छोरो फाटमा झरी असारे गाउनेछ ।
©मौसम भुसाल
नेपाल आमा
नरुनु आमा, नरुनु दिदी सिउँदो पुछिए
अतित बल्झी आउँछ आँसु माटोमा मुछिए
धरती सेतो देखिन्छ जब ,मनमा रेटिन्छन्
सिँदूर पोते लगाउ साडी पिडा त मेटिन्छन्
मुटु त दह्रो पार ए दाजै ! मासु नै लुछिए
अतित बल्झी आउछ आँसु माटोमा मुछिए
हिमाल बाट बज्नेछ ताली तराइमा बज्दा धुन
नबल्दा चुल्हो, मेरोमा खाऊ नेपाली हाम्रो खुन
उचाल पूर्व पश्चिम म छु, नेपालै कुँजिए
नेपाली भन्ने रहने छैन, म तिमी चुँडिए
छिमेकी ढाडे छिर्नेछन् तब नेपाली कुँडेमा
देशको माया, सद्भाव हाम्रो एकता चुँडेमा
बोकेर सानो घरकै गाग्री पँधेरी धाउनेछ
लेकको छोरो फाटमा झरी असारे गाउनेछ ।
©मौसम भुसाल
Comments
Post a Comment