गजल
तिमी कुछ खास छौ तिम्रै यादमा रुन्छु आमा
बैशाखी म आउछु आत्तिछौ रे सुन्छु आमा।
भुल्दिन म तातेताते आगनमा हिडाएको
त्यही पाइलाले अनेक सपना बुन्छु आमा।
सानो छ्दा तुकी छुदा गाली गर्थ्यौ तिमीले
अौछौ कि भनी अचेल जानिजानी छुन्छु आमा।
माया मानी पोको पार्द्या मकै मिठो मान्छु मैले
असारमा मकै खान गाउँमै हुन्छु आमा।
Comments
Post a Comment